मायाको पलगंबाट अनिदो प्रेमीको पत्र
तिमिप्रति सर्मपित शव्दहरुको जमात नै छुट्याउन सकिरहेको छैन । तिमिलाई सम्बोधन योग्य अक्षरहरुनै पहिल्याउन सकिरहेको छैन । खै कहाँबाट सम्बोधन थाल्ने हो र कुन सव्दले सम्बोधन गर्ने हो । यद्यपी सम्बोधन त गर्ने पर्यो ,
प्रिय, .........................
ओहो कस्तो बेहोसी, झण्डै विर्सिएको तिम्रो सन्चो विसन्चोको खवर सोध्न । सन्चै होला नी हैन ? मेरो लागि त यो शव्द नै विरानौ झै लाग्दछ । किन थाहा छ ? तिम्रो दृष्यपानमा म कतै हराएको छु । मेरो अस्तित्व नै कहाँ छ र म संग अहिले । म त तिमिमा विलाएको छु । तिमि कुरुप छौ र त सुन्दर छौं । मैले यसो भन्दा तिमिलाई रिस उठ्यो होला हैन, असहमति भयो होला हैन । तर के गरौ म सुन्दरताको बयान गर्न जान्दिन सक्दिन । त्यस्ता वखानबाजहरु जो कल्पनाबाटै सुन्दरताको तारिफ गर्छन, भावनामै प्रेम फस्टाएको देख्छन र दंग पर्छन तर म यर्थातमा विश्वास राख्ने मान्छे जे छ त्यसैमा सुन्दरता देख्ने मान्छे । म तिमिलिाई भन्दा पनि आफुलाई प्रेम गर्छु । मैले तिम्रो माया जोगाईराख्न तिमिसंग बोलिरहनु पर्छ, हासिरहनु पर्छ र तिमिलाई हेरीरहनु पर्छ तव पो हाम्रो मायाको विरुवाले झाँगिने मौका पाउँछ । यसको अर्थ म आफुलाई हैन तिमिलाई माया गर्छु ।
भन्छन माया प्रेमको लागि त एक अर्काको उपस्थिति नै काफी छ रे । तर म तिम्रो सामिपमा आउन चाहान्छु । अंगालोमा बाधिन चाहान्छु । फेरी डर लाग्छ तिम्रो कोमल स्पर्स पाएर स्वयं मेरो आफ्नै अस्तित्व विर्षने त हैन ? मेरै अस्तित्व नरहे के तिमिलाई माया गर्न सकौंला र ? म तिम्रो संशर्गमा आएर आफु छु भन्ने आभाष गर्न विर्सिए भने के तिम्रो सहअस्तित्वका रेखा किरणहरु संहाल्न सकौंला र ? तर यसको अर्थ यो होईन की म असमर्थ छु । किनकी म तिमिलाई नाता र वन्धनको कुनै दायरा वा परिधिभित्र बाधेर राख्न चाहान्न ।
कहिले काहिँ भेट हुँदा हामि थोरै बोल्थ्यौ है । धेरै भन्दा धेरै कुरा मौनताबाटै व्यक्त हुन्थ्यो । म तिम्रो संगतमा आउन चाहान्थे, तिम्रो विम्वमा हास्न चाहान्थे र तिमिलाई अर्धाङ्गनी बनाउन चाहान्थे । यि मेरा चाहानाहरु कतै कम हुने त हैन भन्ने अजर बलियो पि जँडामा कैद गर्न चाहान्थे अनि त्यस पिजँडाको ढोकामा बसि अन्जुलीभरि पुष्प लिएर तिम्रो स्वागतार्थ नयन विच्छाईरहेको हुन्थे । तर यि मेरा अभिलासाहरु स्वयं आफैमा पथभ्रष्ट छन् । किनकी मैले तिमिलाई माया गर्नुको अर्थ र गन्तव्य यो होईन की हामी प्रणय सुत्रमा बाधिनु पर्छ । यसको अर्थ त सर्मपन हो र तिमिबाट म त्यही चाहान्छु । म तिमिबाट भागेर कतै टाढा पुग्ने प्रयास गर्दथे । म आफैलाई छलेर कतै लुक्ने प्रयास गर्दथे । तर तिमि संग हासँेको, बोलेको स्मरणयोग्य भेटहरु विम्व बनेर पच्छाईरहेको हुन्थ्यो । म तिमिबाट भागे भने तिम्रो समस्या त समाधान होला तर मेरो त विकल्प छैन उही बर्वादि बाहेक । त्यसैले प्रिय तिमिले मेरो लागि नभएपनि त्यस मानवताको निमित्त एकपल्ट ममताको कारागर तोड्ने प्रयास गर तव केहि दुरीमा गंगा जलझै पवित्र एउटा हदय बाहुली फैलाईरहेको पाउने छौ ।
मलाई थाहा छ तिम्रो लक्ष्य र प्राप्ती म हैन । र पनि म तिमि सम्म पुग्न हतारिन्छु किनकी म तिम्रो हदय चाहान्छु जहाँ कुनै कुनामा मेरो मात्र तस्विर टाँगिने स्थान होस । मलाई यो पनि थाहा छ कि मेरो सम्वन्ध प्रेम होईन प्रेमको अविकसित रुप हो । र पनि म तिम्रो आलिगंनमा बाधिन चाहान्छु । किनकी म तिम्रो सरिर होईन समर्पन चाहान्छु । म तिमिलाई माया गर्छु र सायद तिमि पनि गर्छौ होली । यहाँनेर तिम्रो पनि भुल भयो र मेरो पनि । मैले तिमिलाई माया गर्नुको परिणाम तिम्रो ईच्छा विचारमा सर्मपित हुनुपर्ने हुन्छ र तिमिले पनि मलाई माया गर्नुको परिणाम आफ्नो स्वतन्त्रताहरु भावनाहरु म प्रति सर्मपित गर्नुपर्ने हुन्छ । र म यो कदापी चाहान्न किनकी म तिमिलाई माया गर्छु । प्रेममा वन्धन होईन मुक्ति हुनुपर्दछ । तव त हाम्रो प्रेमको गोरेटोले क्रमशः गन्तव्यको आकार लिनेछ । अशल प्रेमका दुई पाटाहरु हुन्छन्, आर्दश र समर्पन । म अहिले प्रेमको आर्दश नेर आईपुगेको छु र तिमिबाट समर्पनको आसा राख्दछु ।
तिम्रो साथ र सामिप्यमा खुसि र सुखि जिवन विताउने मेरो अपेक्षा छ । तथापी मैले तिमिमा असन्तोषको झलक देखेभने मेरा सारा सपना बालुवामा मिसिन्छन् । वास्तवमा म स्वार्थी पनि छु मेरो तड्पिरहेको हदयलाई सितल प्रदान गर्न तिम्रो प्रयोग गरेको छु । तर के गरौं प्रिय तिमिबिना सवत्र घोर निराकार मात्र देख्छु । एकातर्फ म तिम्रो सुभचिन्तक भएर तिम्रो सफल्ता र प्रगति चाहान्छु, अर्कोतर्फ म तिमिलाई स्वार्थी बनि बाहुपासमा निम्त्याउदै छु । मलाई थाहा छ तिमि कुनै पनि विषयमाथि ठिक विश्लेषण गर्न सक्छौ । तिमिले मेरा आग्रहमा राम्रो संग सोच ,विचार गर अनि मात्र निर्णय लेउ । म तिम्रो निर्णयको सदैव उच्च सम्मान गर्नेछु । यो पत्र पढेपछि तिमिले मलाई जवाफ लेख्नुपर्छ किनकी तिम्रो सहि निर्णय मलाई प्यारो हुनेछ । ल त आजलाई यति नै बाकि तिम्रो पत्र पश्चात ।
उहि तिम्रो
आफन्त

No comments:
Post a Comment